सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शेर बहादुर तामाङले एमाले सरकारले सुरु गरेका अधुरा काम गर्न आफुले उम्मेदवारी दिएको बताउनुभएको छ ।

पूर्वमन्त्री समेत रहनुभएका तामाङले एमाले समृद्धिको यात्रामा लागेकाले सधै जनताको साथमा रहेर अगाडी बढ्ने बताउनुभयो । तामाङले नेपाली गठबन्धनका उम्मेदवार मोहन बस्नेतले आफ्नो उम्मेदवारीले शेर बहादुर तामाङ तर्सिएको भन्दै दिएको अभिब्यक्तिको खण्डन गर्दै एक्ला एक्लै चुनावमा जान चुनौती दिनुभयो ।

तामाङले अहिले प्रविधिको युग भएकाले प्रविधीसँग यहाँका नागरिकहरुलाई कसरी जोड्ने भन्ने विषयमा एमाले सरकारले स्पष्ट निति लिएको उल्लेख गर्दै विद्युत महशुल निशुल्क गर्ने कुरामा एमाले अगाडी बढेको बताउनुभयो । इन्द्रावती गाउँपालिका वडा नम्बर ४ नवलपुरमा जनबर्गिय संगठनहरुको भेलालाई सम्बोधन गर्दै तामाङले चुनावमा युवाहरुलाई अग्रसर हुन समेत निर्देशन दिनुभयो ।

उहाँले बुथको सुरक्षा गर्ने र एमाले उम्मेदवारलाई विजय गराउने काममा लाग्न समेत जनबर्गिय संगठनलाई निर्देशन दिनुभयो । कार्यक्रममा एमाले नेता झम्क नेपाल निर्वाचन परिचाल प्रदेश क का संयोजक इन्द्र नेपाल पालिका इन्चार्ज डबले लामा लगाएतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय