काठमाडौं। नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताउनुभएको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू तयार रहेको बताउनुभएको हो ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताउनुभयो ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । 

म त यसका लागि तयार छु, देउवाजी नि !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय