सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले गर्भवती आमाहरूलाई खानेपानी शुद्धीकरण सामग्री अर्थात् “फिल्टर” वितरण गरिएको छ । आज मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधान को प्रमुख आतिथ्य तामा मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ का ४४ जना गभर्वति आमाहरूलाई मेलम्ची नगरपालिकाको बहुक्षत्रीय पोषण कार्यक्रम अन्तर्गत फिल्टर वितरण गरिएको हो ।

मेलम्ची नगरपालिका वडा नं ७ र ८ का सम्बन्धित वडा कार्यालय र स्वास्थ्य केन्द्रमा पुगेर वितरण गरेको छ ।
कार्यक्रम का प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले गर्भवती आमाहरूलाई स्वच्छ पानी पिउनका लागि फिल्टर वितरण गरिएको बताउनुभयो । प्रमुख अतिथि प्रधानले महिला गर्भवती आमाहरूलाई स्वास्थ्य रहन समेत आग्रह गर्नुभयो ।

सम्बन्धित वडाको स्वास्थ्य संस्थाको सिफारिसको आधारमा ४४ जना गर्भवती आमाहरूलाई नगरपालिकाको बहु क्षेत्रीय पोषण योजना शाखा द्वारा उक्त फिल्टर वितरण गरेको थियो ।
उप-प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यमा भएको यस कार्यक्रममा वडा नं ७ मा वडाध्यक्ष पासाङ तामाङ र वडा नं ८ मा स्वास्थ्य स्वयम् सेविकाहरूको उपस्थितिमा १३ लिटर बराबरको उक्त फिल्टर वितरण गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय