नवलपुर । इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको बिशेष अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको सभाध्यक्षतामा सम्पन्न गाउँसभाले ४ बिधेयक समेत पास गरेको छ ।

बलबालिका सम्बन्धी बिधेयक २०७९, इन्द्रावती गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधि २०७९, अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि बिधेयक २०७९ र इन्द्रावती गाउँपालिकाको निर्माण ब्यबसाय नियमन गर्ने कार्यविधि बिधेयक २०७९ सर्वसहमतीले पारित भएको हो।

बिधेयक गाउँसभा बाट पारित भएसँगै सो बिधेयक ऐन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सर्माले जानकारी दिए । यसलाई १५ दिनभित्रमा राजपत्रमा प्रकासित गरिसक्नुपर्ने र प्रकाएपछि कानन बने सर्माको भनाइ छ ।

बिधेयक गाउँसभा बाट पारित भएसँगै सो बिधेयक ऐन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सर्माले जानकारी दिए । यसलाई १५ दिनभित्रमा राजपत्रमा प्रकासित गरिसक्नुपर्ने र प्रकासित भएपछि कानुन बन्ने सर्माको भनाइ छ। गाउँसभामा उपाध्यक्ष सोभना तामाङले दस्तुर सुल्क लगाउने र छुट दिने अर्थ बिधेयक २०७९ र संसोधित विनियोजन बिधेयक पेश गरेकि थिइन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद सर्माले प्रथम चौमासिकमा भएको प्रगतीको बिवरण सुनाएका थिए । वडा कार्यालय बाट विद्युतिय सम्झौता सुरु गरिएको र वडा बाटै १० लाख सम्मको सम्झौता गर्न सकिने उनले जानकारी दिए । हाल सम्म ५० योजनाको सम्झौता सम्पन्न भइसकेको छ । वडाहरु बाट २० योजनाको भुत्तानी भइसकेको छ ।
यस बर्ष बाट इन्दावती गाउँपालिकामा रहेका ६० बर्ष नाघेका एकल पुरुषलाई मासिक ५ सयको दरले भत्ता उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय