मेलम्ची नगर पालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्का को संयोजकत्वमा वडा नम्बर ७ र ८ स्थित दुवाचौर र क्यौरानि बजारमा आज बजार अनुगमन गरिएको छ ।
पर्व नजिकिदै गर्दा अरु समय मा भन्दा खरिद बिक्रि बढी हुने हुनाले बजारमा उपभोक्ता ठगिने क्रम म्याद नाघेका सामान बेच्ने र अन्य ठगी जस्ता गति विधि हुने भएकाले अनुगमन लाई निरन्तर्ता दिएको मेलम्ची नगरपालिका वडा नम्बर ९ का वाडा अध्यक्ष एबम बजार अनुगमन टोलिका संयोजक किरणदिप खड्काले जानकारी दिनुभयो । अनुगमन मा विभिन्न खाद्यान्न पसल र मासु पसल हरु अनुगमन गरिएको हो । अनुगमनमा केही खाद्यान्न पसल हरुमा म्याद नाघेका पिए पदार्थ कुर्मुरे चाउचाउ बिस्कुट लगाएत अन्य म्याद नाघेका सामान हरु भेटिएको छ ।

ति साामानहरुलाई पसलबाट हटाइ नस्ट गरिएको छ । साथै अनुगमन को क्रम मा केही पसल तथा फार्मेसी हरु दर्ता न गरिएको र नबिकरण न गरिएको पनि भेटिएको छ । ति पसललाई दर्ता गर्ने र नबिकरण न गरिएका पसल हरु लाई एकपटकको लागि कर न तिरेका लाई तिर्न र नबिकरण गर्न सम्झाई बुझाई गरेर छाडिएको र दुइ फार्मेसिलाइ भने सिल बन्दि गरिएको नगरपालिकाका राजस्व शाखा का प्रमुख राजेन्द्र दुलालले जानकारी दिनु भयो ।

अनुगमनमा मेलम्ची नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किरण दिप खड्का , मेलम्ची नगर पालिका का राजस्व शाखाका प्रमुख राजेन्द्र दुलाल , उधोग बाणिज्य सङ नेपाल प्रहरी , सशत्र प्रहरी पत्रकार र विभिन्न स्थानिय लगायतको को उपस्थिति रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय