सिन्धुपाल्चोक । जिल्ला स्तरीय दोस्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७९ मेलम्चीमा हुने भएको छ। 

मेलम्ची नगरपालिकाको सहयोग र मेलम्ची ब्याडमिन्टन एकेडेमीको आयोजनामा कात्तिक ४,५ र ६ गते मेलम्ची टारस्थित अस्थायी खेल मैदानमा प्रतियोगिता हुनुभएको हो । 

प्रतियोगितामा जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स , जिल्ला स्तरीय ४०वर्षभन्दा माथि उमेर समूह पुरुष डबल्स, नगर स्तरीय खुल्ला पुरुष डबल्स र नगर स्तरीय जुनियर पुरुष डबल्स गरी ४ विधाका खेलहरू सञ्चालन हुने एकेडेमीका अध्यक्ष कुमार सापकोटाले जानकारी दिनुभयो । 

कार्तिक ४ गते उद्घाटन भई ६ गते समापन हुने यस प्रतियोगितामा जिल्लाका पाँचपोखरी, हेलम्बु, चौतारा, बाह्रबिसे, सुनकोसी, बलेफी , इन्द्रावती, जुगल लगायतका पालिकाबाट खेलाडीहरूको सहभागिता हुने उहाँले जानकारी दिनुभयो। 

प्रत्येक स्पर्धाका विजेताहरूले ट्रफी, मेडल र प्रमाण-पत्रका साथ नगद पुरस्कार समेत प्राप्त गर्नेछन्। जिल्ला स्तरीय खुल्ला पुरुष डबल्स तर्फ नगद पुरस्कार प्रथम रु ३३,३३३/- , द्वितीय २२,२२२/- तृतीय ११,०००/- / ११,०००/- रहेको छ भने अन्य तिन वटै स्पर्धाको नगद पुरस्कार प्रत्येक स्पर्धामा प्रथम रु १५५५५/-, द्वितीय रु २१,१११/- र तृतीय रु ५५५५/-/ ५५५५/- रहेको र अन्यत्रबाट आउने खेलाडीहरूका लागि आवास सुविधा समेत प्रदान गरिने एकेडेमीका सचिव ऋषिराम नेपालले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय