Site icon Subhatime

निर्वाचन आचारसंहिता विपरीत माओवादीको चुनावी पोष्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर निर्वाचन आचारसंहिता विपरीत चुनावी सामग्री बनाएको छ ।

सार्वजनिक सेवा प्रवाह गर्ने निकायको कार्यकारी पद धारण गरेका व्यक्तिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने निर्वाचन आचारसंहिता २०७८ मा उल्लेख छ । सोही  निर्वाचन आचारसंहिता विपरीत माओवादीले  कार्यकारी निर्देशक घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको छ । 

माओवादीले अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अँध्यारोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको छ   ।

Exit mobile version