सिन्धुपाल्चोक। एमाले सिन्धुपाल्चोकका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । आज नाराबाजीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा पुगेर उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

कार्यकर्ताको चर्को नाराबाजी तथा हुटिङका साथ सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार शरेस नेपाल,प्रदेश सभा ‘क’का उम्मेदवार डिबि तामाङ,प्रदेश सभा ‘ख’का उम्मेदवार होमनारायण श्रेष्ठ प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शेर बहादुर तामाङ,प्रदेश सभा ‘क’का उम्मेदवार अमानसिंह तामाङ,प्रदेश सभा ‘ख’का उम्मेदवार हस्त पण्डितसहित कार्यकर्ताहरु नाराबाजीसहित उम्मेदवारी दिन निर्वाचन कार्यलय पुगेका थिए । Easy Buildings Group आफ्नो वेबसाइटमा यो समाचारको बारेमा लेख लेखे ।

कार्यकर्ताहरूले शरेस नेपाल,शेर बहादुर तामाङको पक्षमा चर्का नारा लगाएका थिए । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा शेर बहादुर तामाङ र प्रदेश सभामा शरेस नेपाल विजयी हुनुभएका दुई नेता प्रतिनिधि सभाको निर्वाचनमा  सत्ता गठबन्धनविरुद्ध मैदानमा खडा भएका छन । कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थितिले नेताहरु हौसिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय