सिन्धुपाल्चोक । साँस्कृतिक जागरण नेपालले चाडपर्व शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । मङ्गलबार इन्द्रावती गाउँपालिका वडा नम्बर ५ बाघखोरमा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सांस्कृतिक सचेतनायुत्त नृत्य,लोक खैजेडि भजन,दोहोरी गितलगायत प्रस्तुतिहरु रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी इन्द्रावती गाउँपालिकाका प्रवत्ता एवं इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष शशिनाथ आचार्यले मौलिक संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सांस्कृतिक पक्षमा रहेको अन्धविश्वास र जडतालाई समायानुकुल परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा लोकदोहोरी गायिका कल्पना दाहाल,लोक गायक सुर्यमणी आचार्य,लोक गायक हरिशरण आचार्यलगायत कलाकारहरुले आ-आफ्नो प्रस्तुतिहरु प्रस्तुत गर्नुभएको थियो । सांस्कृतिक जागरण नेपालले लोक सांस्कृतिक गित प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय