सिन्धुपाल्चोक । वर्षायाशुरु भएसँगै इन्द्रावतीका सम्राट गौतमलाई गाउँ जान नपरे पनि हुने झैँ लाग्छ । भीडमभीड गाडी र हिलाम्मे सडकमा यात्रा गर्दा उनी झसंग हुन्छन् । बस चढेपछि उनलाई कतिबेला गाउँ पुगिएला भन्ने चिन्ताले सताउने गर्छ । यात्रा गर्नुअघि उनी एकफेर भगवानको नाम जपेर मात्र यात्रा गर्ने गरेको बताउँछन् । “यात्रा गर्दा एक पेर भगवानको नाम जप्छु केही आनन्द हुन्छ”, उनले भने । “गाउँ जान नपरे पनि हुने झैँ लाग्छ तर,के गर्नु गाउँमा आफन्त परिवार छन्”, उनले भने ।

सम्राट जस्तै मेलम्चीका श्याम कार्कीलाई पनि गाउँ जान नपरे पनि हुने झैँ लाग्ने गरेको बताउँछन् । उनी साँखु सडक खण्डमा पसेको गाडी पेसबुकमा हेरेर गाउँ नजाने निर्णय गरेको तर,परिवारको ढिपिले गाउँ हिडेको बताउँछन् । “अस्तितिर पेसबुकमा साँखुको बाटोमा गाडी पसेको देखेको थिएँ। त्यो देखेर गाउँ नजाने निर्णय गरेको थिएँ । बुवा ममिको करले गाउँ जादैछु”,उनले भने । उनी जनप्रतिनिधिहरुले काम नगरेको प्रति आक्रोश पोख्छन् । “त्यत्रो भोट दिएर जिताएर पठायो अहिले वर्षमा एक पटक गाउँ जाँदा गाउँको हालत यस्तो छ”,उनले भने । “बाटोको दुर्दशा देखेर नेताहरुलाई पुलको मालाले सम्मान गर्न मन लाग्यो”, उनले ब्यंग्यात्मक शैलीमा भने ।

सम्राट र श्यामको भन्दा परक कहानी हो हेलम्बुका सुन्दर तामाङको । उनी यो पटक दसैँ काठमाडौँमै मनाउने बताउँछन् । पोहोर परार गाउँमै मनाउने गरेका सुन्दरले यो पटक भने दसैँ काठमाडौँमै मनाउने मनसायमा पुगेका हुन् । पोहोर परार गाउँ गइन्थ्यो यो पालि बच्चा,बुढी, बा,आमालाई कसरी गाउँ लैजानु बाटोको हालत त्यस्तो छ”,उनले भने । उनी तिहारमा पनि बाटो नबने तिहार पनि काठमाडौँमै मनाउने मनसायमा छन् । “तिहारमा पनि बाटो बनेन भने म यतै तिहार मनाउँछु”,उनले भने । “हुन त तिहारसम्म कुनै चमत्कार भएर बाटो बन्ने पनि त होइन”, उनले थपे । उनी पटक पटक जिताएर पठाएका नेता आफ्ना स्वार्थमा मात्र केन्द्रीत भएको बताउँछन् । उनी जनप्रतिदेखि रुष्ट छन् । “पटक पटक केही गर्लान् नि त भनेर जिताएर पठाईयो माथि पुगेपछि त आफ्ना स्वार्थ पो हेर्दा रहेछन् त”, उनले भने ।

“साँखु फट्केश्वर सडकको अवस्था हेर्दा खेतमा रोपाइँ गर्न गएको जस्तो देखिन्छ । यहीँ बाटो गाडी कुदाउनुपर्छ”, सिन्धु हेलम्बु यातायातका सहचालकले भने । देशभरका सडकखण्डमा राम्रो कालोपत्रे गर्दिएमात्र पनि नेताहरुलई जनताले गाली नगर्ने उनको बुझाई छ ।
उनी यात्राको आधि समय गाडी धलेकेरै वित्ने गरेको बताउँछन् । “यात्राको करिब आधा समय गाडी धकेल्दैमा वित्छ । कैले पुग्नु कैले क्यु भ्याउनु”,उनले भने । “यात्रुलाई गाडीले होइन यात्रुले गाडी धकेलेरै गन्तब्यसम्म पुर्याउनुपर्ने बाध्यता छ”, सहचालकले ब्यंग्यात्मक शैलीमा भने ।

साँघु पट्केश्वर सडकखण्डको दुर्दशा यो वर्षमात्र होइन यो त वर्षेनीको आदत नै हो । अत्यासलाग्दो सडकखण्ड ओहोर दोहोर गर्ने यहाँका नागरिकको दैनिकी नै बनिसकेको छ ।
तर,यतिका वर्ष बित्दासमेत सडक पूर्णरुपले बनिनसक्नुले जनप्रतिनिधिमाथि प्रश्न उठेको छ । यो सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने सडक हो । यस क्षेत्रबाट २०६९,७४ गरी दुई दुई पटक शेरबहादुर तामाङ निर्वाचित हुनुभयो । सांसदको कुर्सी र दुई पटक मन्त्रीको कुर्सीमा बसिसकेका शेरबहादुर तामाङले जनताका लागि केही नगरेको जनताको गुनासो छ । प्राकृतिक प्रकोपले सिन्धुपाल्चोकलाई सधैजसो आफताफल नै पार्ने गर्छ । तर,पटक पटक चेतिसक्दासमेत त्यसका सुधारका निम्ति पहल नहुनुले आम नागरिकमा शंका उब्जिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय