सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुटको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

बिहीबार जिल्ला प्रशासन कार्यालय चौतारामा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख वेदनिधि खनाललाई ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाइएको हो । 

‘विद्यार्थी आन्दोलनको उपलब्धिस्वरुप राज्यद्वारा प्रदान गर्दै आएको सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुटको व्यवस्था सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक यातायातमा पनि लागू हुनुपर्छ भनेर हामीले ध्यानाकर्षण बुझाएका हौँ’,अनेरास्ववियु सिन्धुपाल्चोकका सह-सचिव नविन पाण्डेले बताउनुभयो । 

उहाँले सिन्धुपाल्चोक जिल्लाअन्तर्गत चल्ने सम्पूर्ण यातायात प्रा.ली र व्यवसायीहरूलाई ध्यानाकर्षण पत्र बुझाइसकेको बताउनुभयो । नजिकिँदै गरेको दसैँ र तिहारलाई समेत लक्षित गरी विद्यार्थीहरू यो समयमा अध्ययनको सिलसिलामा राजधानीबाट जिल्ला फर्कने क्रम बढ्ने भएकाले तत्काल यो विषयलाई कार्यान्वयन गर्न खबरदारी गरिएको सहसचिव पाण्डेले बताउनुभयो । 

तत्काल यो विषयलाई कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रने पाण्डेले बताउनुभयो । 

सार्वजनिक यातायातमा भाडा छुट कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको प्रमुख खनालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय