सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुटको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले ध्यानाकर्षण पत्र बुझाएको छ । 

आइतबार पूर्व अरनी यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्रीलाई उहाँकै कार्यकक्षमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको हो । 

‘विद्यार्थी आन्दोलनको उपलब्धि स्वरूप राज्यद्वारा प्रदान गर्दै आएको सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई ४५ प्रतिशत छुट हुनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका छौँ ’, अनेरास्ववियु सिन्धुपाल्चोकका सह सचिव नवीन पाण्डेले बताउनुभयो । 

‘सिन्धुपाल्चोक जिल्लाअन्तर्गत चल्ने यातायात सेवा समितिका बसहरूले त्यसलाई कार्यान्वयन नगरेकोमा मेलम्ची नगरपालिका र बाह्रबिसे नगरपालिका अन्तर्गत भएर चल्ने यातायात व्यवसायीहरूलाई सम्बन्धित यातायात प्रा.लिका काउन्टरमार्फत ध्यानाकर्षण गराएका छौँ’,सह सचिव नवीन पाण्डेले भन्नुभयो । 

नजिकिँदै गरेको दसैँ र तिहारलाई समेत लक्षित गरी विद्यार्थीहरू यो समयमा अध्ययनको सिलसिलामा राजधानीबाट जिल्ला फर्कने क्रम बढ्ने भएकाले तत्काल यो विषयलाई कार्यान्वयन गर्न खबरदारी  गरिएको सहसचिव पाण्डेले बताउनुभयो । 

तत्काल यो विषयलाई कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रने पाण्डेले बताउनुभयो । साथै पूर्व अरनिको यातायात प्रा.लिको अध्यक्ष केदार खत्री क्षेत्रीद्वारा यसलाई तत्काल पूर्ण रूपमा कार्यान्वयन गराउन सम्बन्धित काउन्टरहरूमा जानकारी गराउनुका साथै कार्यान्वयन हुनेमा प्रतिबद्धता व्यक्त गर्नुभएको पाण्डेले जानकारी दिनुभयो । 

ध्यानाकर्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सह-इन्चार्ज विदुर भट्टराई, जिल्ला कमिटी सिन्धुपाल्चोकको अध्यक्ष लक्ष्मण सिलवाल, कोषाध्यक्ष अमृत थापा र स-सचिव नवीन पाण्डेको सामूहिक उपस्थितिमा ज्ञापन पत्र बुझाइएको अनेरास्ववियु सिन्धुपाल्चोकको सचिवालय सदस्य सन्दीप खत्रीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय