सिन्धुपाल्चोक । काठमाडौँबाट छोटो दुरीमा रहेको सिन्धुपाल्चोकको बाहुनेपाटीबाट लाफी-पिपलबोट हुँदै नवलपुर बस सेवा सञ्चालन हुने भएको छ । 

सिन्धु हेलम्बु यातायात प्रा.लिले मङ्गलवारबाट नियमित सञ्चालन हुने गरी बाहुनेपाटी-लाफी पिपलबोट,बागखोर-धुसेनीबाट पुनः लाफी-पिपलबोट, नारायणथान-गोल्माथान,लामाटोल-वडा नम्बर पाँचकाे कार्यालय,ऐँसेलुखर्क हुँदै नवलपुरसम्मको सिधा बस सेवा सुरु गर्ने भएको हो ।

नारायण्टारको नविल फुल्याण्डबाट प्रत्येक दिन मध्यान्न १ बजे बस छुट्ने इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडा सचिव दिपक अधिकारीले जानकारी दिनुभयो । नवलपुर जाने सिधा बस नारायण्टार,चुच्चेपाटीबाट छुटे पनि मेलम्ची हुँदै बस सेवा सञ्चालन भएको थियो । अब इन्द्रावती ५ हुँदै नवलपुर जाने बस सेवा सुरु भएपछि यात्रुहरू हर्षित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय