काठमाडौँ । गुड् ह्याण्ड्स नेपालद्वारा आयोजित ४० दिने सिप मूलक तालिम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमबीच बौद्धमा सीप मूलक तालिमको समापन भएको हो । 

समापन समारोहमा दसैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रम पनि रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि  मेलम्ची नगरपालिकाकी उप प्रमुख उमा प्रधानले गुड ह्याण्डसले दिएको सिपलाई सिपमा मात्र सीमित नबनाई आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । यस्तै यस्तै थप नयाँ नयाँ सिपको कार्यक्रम राखी धेरैलाई सफल बनाउन सकोस् गुड ह्याण्डस संस्थालाई प्रगतिको कामना समेत गर्नुभयो । 

कार्यक्रमका विशेष अतिथि ई म्याङ ह्वाले गुड ह्याण्डसले जनशक्ति उत्पादन गरेकोमा खुसी ब्यत्त गर्नुभयो । 

‘युवा महिलाहरूको लागि सिप मूलक कार्यक्रम हो । यो कार्यक्रम चाहिँ कतिले सिप मात्र भन्ठान्छन् तर हामीले यसलाई व्यवहारमा उतार्न र हौसला प्रदान गर्न यो कार्यक्रम को आयोजना गरेका हौँ । गुड ह्याण्डस नेपालका अध्यक्ष दावा ह्योल्मोले बताउनुभयो । 

‘हामीले यो चार महिनामा चाहिँ नेपाल सरकारले मान्यता दिएको सिटिइभिटि अनुसार नै हामीले गरेका छौ विशेष गरी चाहिँ महिलाहरू आत्मनिर्भर हुन पर्‍यो भनेर यो कार्यक्रमको आयोजना गरिएको हो’,उहाँले बताउनुभयो । ‘हामीले दुई दुई वटा कक्षा सञ्चालन गरी २० २० जनाको कक्षा लियौँ । तिनीहरूलाई चार महिना तालिम दियौ र उनीहरूले चाएको खण्डमा अर्को चार महिना गरेर वार्षिक ८ महिना तालिम लिन सक्छन् र यो तालिम लिए पछि सबै आत्मनिर्भर हुने विश्वास रहेको छ र । यो सिप सिके पछि यही संस्थामा नै रोजगारी को अवसर पनि रहेको छ’,ह्योल्मोले बताउनुभयो । 

गुड ह्याण्डस नेपालले ४० दिनसम्म नि:शुल्क कम्प्युटर , कोरियन भाषा तथा सिलाइ बुनाइ तालिम सञ्चालन गरेको थियो । कार्यक्रममा सहभागी ३०० जना युवाहरूलाई समापन कार्यक्रममा प्रमाण-पत्र वितरण गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय