Site icon Subhatime

उज्यालो संपदको साधारण सभा असोज ८ मा

काठमाडौँ । उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १५ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । जोरपाटीको पिस बैँकेटमा शनिवार संस्थाले साधारण सभा गर्न लागेको हो । 

तीन वटा सहकारी संस्थाहरू मर्ज गरेर बनेको उज्यालो संपदले मुख्यतः तीन ठाउँबाट सेवाग्राहीलाई सेवा दिँदै आइरहेको छ । 

जम्मा २५ सय ६० कुल सदस्य रहेको सहकारीले वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने,लेखा परीक्षण पारित गर्ने,कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन तथा बजेट प्रस्तुत गरी पारित गर्ने,लेखा समितिद्वारा सुपरिवेक्षण प्रस्तुत गरी पारित गर्ने लेखापरीक्षक तोक्ने र लेखापरीक्षकको पारिश्रमिक तोक्ने,संस्थालाई आवश्यक विभिन्न नीतिहरू पारित गर्ने,सञ्चालक समितिको रित्त पदमा पदपूर्ति गर्ने आदि विषय प्रस्तुत हुने उज्यालो संपदका अध्यक्ष रमेश तिमल्सिनाले जानकारी दिनुभयेा । 

संस्थाले आत्मनिर्भर बचत,बाल बचत,नारी बचत,समृद्धि बचत,उज्ज्वल भविष्य बचत,सुनौलो बचतलगायत वित्तीय सेवाहरू दिँदै आइरहेको उहाँले बताउनुभयाे । सहकारीमा एक हजार ८७ जना महिला सदस्य र सोह्र सय ३६ जना पुरुषा सदस्य रहेका छन् । 

Exit mobile version