काठमाडौँ । नेकपा एमाले सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चले नेपालीहरूको महान् चाड विजया दशमी,शुभ दीपावली,छठ तथा ल्होसारलगायत पर्वको उपलक्ष्यमा शुभकामना तथा चिया पान कार्यक्रम गर्ने भएको छ ।

काठमाडौँको गोल्डेन लाईट पार्टी प्यालेसमा शनिवार शुभकामना तथा चियापान कार्यक्रम गर्ने भएको हो ।

सिन्धुपाल्चोकबाट विभिन्न पेसा गर्दै काठमाडौँमा बसेकाहरूलाई नजिकिँदै गरेको नेपालीहरूको महान् चाडको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ,जिल्लाका अन्य नेताहरूको उपस्थिति रहने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय