सिन्धुपाल्चोक । लिसङ्खुपाखर गाउँपालिकाको मुढे र सिलढुङ्गा बजारको मङ्गलवार बजार अनुगमन गरिएको छ ।

 ठुला चाडपर्वलाई लक्षित गरी उपभोक्ता हित तथा खाद्यान्न शुद्धताको लागि विगत डेढ वर्षदेखि अनुगमन नभएको लिसंङ्खुपाखर गाउँपालिका वडा नम्बर ५ को मुढे र सिलढुङ्गा बजार अनुगमन गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ , जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा रामजी थापा, प्रहरी चौकी मुढेका प्रहरी सहायक निरीक्षक धन बहादुर कार्की, रेडियो जुगलको स्टेसन मेनेजर सुनिता लामा , जिल्ला घरेलु उद्योगका प्रतिनिधि हरि बि.क , उद्योग वाणिज्य सङ्घका प्रतिनिधि विदुर खड्का, लिसङ्खुपाखर गाउँपालिका वडा नम्बर ५ जेठल स्वास्थ्य चौकीका सिनियर अ. हे .ब राजेश भुजेलको टोलीले बजार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा वडा भित्रका अधिकांश पसल मूल्य शुचि विहीन तथा दर्ता बिना नै सञ्चालन भएको पाइएको छ । एस एस आर खाद्य स्टोर मुढे , रिना किराना स्टोर र विमल किराना पसल सिलढुङ्गाबाट म्याद गुज्रिएको खाद्यान्न सामान तथा मरमसलाहरू बरामद गरिएको छ ।

अनुगमन टोलीले अनुगमनको क्रममा पसलको क्षमता भन्दा बढी र पसलमा दर्ता भएको भन्दा बाहिरी सामाग्री अव्यवस्थित राखिएकोले तीव्र पसलको मापदण्ड अनुसार व्यवसायीले पसल दर्ता गरी पसलमा सामान राख्न निर्देशन दिएको छ । दर्ता बिना पसल सञ्चालन गर्दा कर छली हुने तथा जिल्लाको राजस्व सङ्कलनमा नकारात्मक असर पार्ने , समय सीमा नाघेका अखाद्य बस्तु बिक्री वितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने कारण व्यवसायीले फाइदा मात्रै हेरेर व्यवसाय सञ्चालन गर्नु नहुने सहायक प्रमुख जिल्ला अधिकार निराजन श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले बजार अनुगमन पश्चात् व्यवसायीलाई शिघ्र पसल दर्ता गर्न , मूल्य शुचि देखिने गरी राख्न तथा म्याद गुज्रेका सामाग्रीहरू तत्काल हटाउन अनुरोध गर्नुभएको छ । वडाका व्यवसायीहरूले पनि आगामी दिनमा पसल दर्ता गर्ने , मूल्य शुचि राख्ने र उपभोक्ता को स्वास्थ्यमा जिम्मेवार रहेर खाद्य सामाग्री व्यवस्थित राख्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय