सिन्धुपाल्चोक । सुर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे बार्षिक समीक्षा गाेष्ठी सम्पन्न भएकाे छ ।

बर्षभरि भएका कार्यक्रमहरूकाे बारेमा समुदायलाई जानकारी दिने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे सुर्यमुखीका अध्यक्ष मित्रलाल चाैलागाईले जानकारी दिए । भाेलिका दिनमा सहकारी कसरी चल्ने, सहकारीले समुदायकाे हितमा कसरी कामहरू गर्ने भन्ने बिषयमा शेयर सदस्यहरू, कार्यसमिति सदस्यहरू लगायतबिच छलफल भएकाे थियाे ।

‘सहकारी कस्ताे अवस्थामा चलेकाे छ, स्थानिय तहसंग कसरी सहकार्य गरेर अघि बढ्ने भन्ने बिषयमा गाेष्ठी भएकाे हाे’, अध्यक्ष चाैलागाईले भने । सहकारीले बागमती प्रदेशकाे कृषि कर्जा ३ प्रतिशत, जिविकाेपार्जन कर्जा ५ प्रतिशत, युवा स्वराेजगार कर्जा ८ प्रतिशत, दूध कर्जा ९ प्रतिशतकाे ल्याएर लगानी गरिरहेकाे छ ।

विभिन्न निकाय संग सहकार्य गरि नागरिककाे लागि सहुलियत कर्जा उपलब्ध गराईएकाे उनले बताए । किसानहरूले कर्जा लिएर राम्राे ब्यबसाय चलाईरहेकाे उनकाे भनाई छ । अब तरकारी खेतीमा लगानी गर्ने उद्देश्य रहेकाे चाैलागाईले बताए ।

कार्यक्रममा सहकारी बिभागकाे ३५ बुँदे निर्देशन समेत अवगत गराईएकाे थियाे । सदस्यकाे शेयर बचत, साधारण सभा कसरी गर्ने, सञ्चालककाे काम कर्तब्य र अधिकार लगायतका कुराहरू ३५ बुँदे निर्देशनमा समावेश रहेका छन । यस्ता अभिमुखिकरण कार्यक्रमहरूले उच्च सुसासन कायम गर्न सहयाेग पुग्ने अध्यक्ष चाैलागाईले बताए ।

मेलम्ची नगरपालिका वडा नं १ मा रहेकाे उक्त सहकारीबाट सिन्धु भ्यालीमा रहेका ५ वटा वडाका नागरिक लाभान्वित भएका छन । मेलम्ची नगरपालिका १ देखि ५ नं वडाका हजाराैँ ब्यक्तिहरू उक्त सहकारीकाे सदस्य बनेका छन । सहकारीकाे बार्षिक काराेवार १९ कराेड रहेकाे छ ।

सहकारीकाे नियमहरूकाे बारेमा जानकारी लिएकाे समिक्षा गाेष्ठीमा सहभागी केदार सापकाेटाले बताए । साे सहकारीले बागमती प्रदेशमै उत्कृष्ट काम गरेकाे उनले बताए । ‘सहकारीले ऋण लगानी गरेकाे छ, लगानी गरेकाे ठाउँमा अनुगमन गरिदियाेस’, सापकाेटाले सुझाव दिए ।

साे सहकारी बाट ऋण लिएर धेरै किसानहरूले लाभ हाँसिल गरिरहेका छन । सहकारीकाे ऋण सहि ब्यबस्थापन गरेर ब्यबसाय गर्दा घरखर्ची चलाउन सहज हुनुका साथै बाल बच्चा पढाउन समेत सहजभएकाे कृषक इन्दिरा खतिवडाले बताइन । सस्ताे ब्याजमा सहकारी बाट कर्जा लिएर बाख्रापालन गर्नुका साथै हाेमस्टे समेत सञ्चालन गरेकाे उनले जानकारी दिइन ।

गाउँगाउँमा खुलेका सहकारीहरूले युवालक्षित तथा कृषि क्षेत्रमा लगानी गर्न सकेमा बैदेशिक राेजगारीमा जाने युवाहरूलाई गाउँमै राेक्न सकिने मेलम्ची १ का विनाेद धिमालले बताए । निर्वाहमुखी खेती प्रणाली गरिरहेका उनले हाल ब्यबसायीक पशुपालन गरिरहेका छन । सहकारीबाट कर्जा लिएर गाई भैंसी पालन गरि मासिक ५० हजारकाे दूध बिक्रि गरिरहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय