सिन्धुपाल्चोक । संविधान दिवसको अवसरमा मेलम्ची नगर बाल सञ्जालको आयोजनामा सोमबार माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ ।

नगरपालिकाको सहयोग तथा रेस्ट नेपालको समन्वयमा सो प्रतियोगिता भएको हो । बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार उत्तरदायी सरकार विषयक सो प्रतियोगितामा २८ जनाको सहभागिता थियो । प्रतियोगितामा जालपादेवी मावि, बाहुनेपाटीकी मन्दिरा धिताल पहिलो हुनुभयो भने सेतीकादेवी मावि, भोटेचौरकी रितिका कार्की दोस्रो हुनुभयो । जलबाइदेवी मावि, केउरिनीका अनिश गिरी तेस्रो र इन्द्रेश्वरी मावि, मेलम्चीकी निशा दनुवारले सान्तवना पुरस्कार पाउनुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख उमा प्रधानले कार्यक्रमको शुभारम्भ गर्दै बालबालिकाका क्षेत्रमा नगरपालिकाले काम गरिरहेको भन्दै बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने विविध कार्यक्रम ल्याउने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय