सिन्धुपाल्चोक । नेपाल विद्यालय कर्मचारी परिषद मेलम्ची नगर समिती गठन गरिएको छ ।

आज मेलम्चीमा भएको भेलाले दिपक खतिवडाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको परिषदका जिल्ला अध्यक्ष मनोरथ दुलालले जानकारी दिनुभयो ।कार्यक्रममा मेलम्ची ५ को कालिका आधरभुत विद्यालयकी कर्मचारी आफुलाई सुत्केरी ब्यथा लाग्दा समेत बिदा नपाएको गुनासो गर्नुभयो ।अन्य कर्मचारीले विद्यालयमा नराम्रो व्यबहार गर्ने गरेको तथा सेवा सुबिधा एकदमै कम रहेको गुनासो गर्नुभयो ।कार्यक्रममा मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले समस्या समाधान गर्न सक्दो प्रयास गर्ने बताउनुभयो ।

स्थानीय सरकार कर्मचारी संगै रहेको उहाँको भनाइ छ ।संघले सबै कुराको छिनोफनो गर्ने समेत उहाँले बताउनुभयो । इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ , नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष लेखनाथ भट्टराई , अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष यादव दुलाल लगायतले विद्यालय कर्मचारीको समस्या समाधानमा सहयोग गर्ने बताउनुभयो ।परिषदका जिल्ला अध्यक्ष दुलालले कर्मचारीको बिषयमा स्थानीय ,प्रदेस तथा संघ सरकारले बेलामै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय