काठमाडौँ । अरुणिमा नेटवर्कले रोजगारीयोग्य जनशक्ति र बेरोजगार युवा युवतीलाई लीक्षत गरी आयोजना गरेको रोजगार मेला सम्पन्न गरेको छ । बौद्धमा रहेका अरुणिमा कलेजमा सोमबार एक कार्यक्रमबीच रोजगार मेला सम्पन्न गरेको हो । 

नेपालमा नाम चलेका कम्पनीहरूको सहभागिता रहेको उक्त मेलामा ५० भन्दा बढी कलेजका विद्यार्थीहरूले रोजगार आवेदन दिएका थिए । कार्यक्रममा हिमालयन ग्रुप,नेपाल क्यान ग्रुप,माँ ग्रुप,जन्मिन पेन्टस्,सिभिल बैँक,इन्द्रेणी वर्ल्ड,मनकामना ग्रुप,क्लासिक टिच,राम्रो बिजनेस ग्रुप,ज्योति लाईफ इन्सुरेन्स,जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजलगायत कम्पनीहरूको सहभागिता थियो । 

मेलामा रोजगारीका खोजीमा रहेका कलेजका विद्यार्थी तथा अन्य व्यक्तिलाई कम्पनीहरूले मेलास्थलमै अन्तर्वार्ता लिएका थिए । मेलामा सात सयभन्दा बढी विद्यार्थीहरू र अन्य ब्यत्तिहरुले रोजगारीका लागि आवेदन दिएको अरुणिमा एजुकेसन नेटवर्कका सदस्य विष्णु कुइँकेल जानकारी दिनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय