सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले ८ औँ संविधान दिवस मनाएको छ । इन्द्रावती गाउँपालिकाको प्राङ्गणमा रहेको भृकुटी पार्कमा राष्ट्रिय झन्डा र वृक्षारोपण गरेर संविधान दिवस मनाएको हो । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले राष्ट्रिय झन्डा फहराउनुहुँदै संविधान दिवसको शुभकामना दिनुभयो ।

लामो सङ्घर्ष,अथक प्रयासबाट सार्वभौमसत्ता सम्पन्न जनताको बलिदान र त्यागले बनेको संविधान जसले समाजवादको यात्रा तय गरेको अध्यक्ष नेपालले बताउनुभयो ।

त्यस्तै संविधान दिवसको शुभकामना दिनुहुँदै इन्द्रावती गाउँपालिकाका प्रवत्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष शशिनाथ आचार्यले नेपालको संविधान नेपालीहरुको बलिदानीपूर्ण संघर्षले आएको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी र स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय