काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बोल्ने विषयनै सकिएको बताएकी छिन् ।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका थिए । सम्बोधनको अधिकांश समय ओलीको आलोचनामा खर्चिएका प्रचण्डको सम्बोधन सकिने वित्तिकै चौधरीले प्रचण्डसँग बोल्ने विषयनै सकिएको बताएकी हुन् । ‘कमरेड प्रचण्डले आज सम्सदमा बोल्नु भएको भाषण पुरै प्रमुख प्रतिपक्षी नेताको आलोचना गर्दै सकियो’ चौधरीले भनिन्, ‘यसले के देखाउँछ त भन्दा कमरेड प्रचण्ड संग अब बोल्ने बिषय नै सकिए छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय