सिन्धुपाल्चोक । पूर्व मन्त्री एवं सांसद शेर बहादुर तामाङले निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गर्नुभएको छ। 

देशभरका एक सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडकमध्ये शनिवार भदौरेमा आयोजित कार्यक्रममा उहाँले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को रणनीतिक सडकको शिलान्यास गर्नुभएको हो।

२० करोड लगानीमा बन्न लागेको सो सडकको निर्माण कार्य आजबाट सुरु भएको हो । भदौरे-सिन्धुधुसिनी-कटुन्जे-मेलम्ची-नवलपुर-चौतारा-नौबिसेसम्म कालोपत्रे हुनेछ । 

कमल जित गणेश एण्ड गङ्गा आर ए जे भिले ठेक्का पाएको यो सडक असफाल्ट र डिबिएम प्रविधिको कालोपत्रे हुनेछन्। सो कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधान निवर्तमान मेयर डम्बर अर्याल,विभिन्न वडाका वडाध्यक्ष विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय