सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा रहेको नव निर्मित भोटसिपा स्वास्थ्य चौकीको उद्घाटन भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले एक कार्यक्रमबिच स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको हो । 

प्रमुख अतिथि लामाले रिबन काटेर स्वास्थ्य चौकीको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य मन्त्री लामाले स्वास्थ्य चौकीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्य चौकीलाई आवश्यक पर्ने सामग्री आफूले दिने बताउनुभयो । 

कार्यक्रममा विशेष अतिथि विशेष अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, निवर्तमान पालिका अध्यक्ष वंश लाल तामाङ लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय