सिन्धुपाल्चोक । नेकपा एमालेको जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल सिन्धुपाल्चोकको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

शुक्रवार पार्टी कार्यालय चौतारामा लायुर लामाको सभाध्यक्षमा अधिवेशन सम्पन्न भएको हो । 

सम्पन्न अधिवेशनले  अध्यक्षमा डबले लामालाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष राजेन्द्र लामा (दोर्जे) र चक्र बहादुर तामाङलाई चयन गरेको छ । सचिवमा शकुन्तला माझी,उपसचिवमा ढिण्डु ह्योल्मो,लाल बहादुर तामाङ, कोषाध्यक्षमा सुन्दर लामालगायत ५४ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । 

एमाले स्थायी स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा महासङ्घका सह इन्चार्ज पासाङ शेर्पाको विशेष अतिथि रहेको थियो । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष दावा तामाङ, उपाध्यक्ष टासी लामा र महासचिवमा पेम्बा भोटेको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय