सिन्धुपाल्चोक । मुक्ति समाज बलेफी ६ ले नयाँ नेतृत्व पाएको छ । 

बिहीबार सम्पन्न वडा अधिवेशनले नयाँ समिति निर्माण गरेको हो । समाजको जिल्ला अधिवेशन सम्पन्न भएकै साता बलेफी ६ मा पनि नयाँ समिति निर्माण भएको छ । नेकपा (एमाले) बलेफीका अध्यक्ष नारायणकाजी श्रेष्ठ, वडाका अध्यक्ष तेजबहादुर पराजुली र समाजको जिल्ला उपाध्यक्ष लक्ष्मी लामिघातेलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।  

सम्पन्न वडा अधिवेशनले अध्यक्षमा पदम बहादुर नेपालीलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा मनमाया विक,सचिवमा सम्झना सतशंकर,उपसचिवमा ईश्वर नेपालीलाई चयन गरेको छ भने सदस्यहरूमा ईश्वर नेपाली,केदार विक,सूर्य बहादुर विक,पार्वती सतशंकर,हरि विक,देवी विक, उमा सतशंकर,माया नेपाली र रमेश लामिघातेलाई चयन गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय