नेपाल राष्ट्र बैंकले नेपालको साउन महिनाको हिसाबकिताबको विश्लेषण आज भदी ३० गते प्रकाशित गरेको छ। यो हिसाबकिताब अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (सामान्य भाषामा भन्दा महङ्गी) ८.२६ प्रतिशत रहेकोछ।

साउन महिनमा आयात १२.९ प्रतिशतले, निर्यात २८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेकोछ।
नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलरमा १२.५ प्रतिशतले बढेको छ।
शोधनान्तर स्थिति रु.२२ अर्ब ६३ करोडले घाटामा रहेको छ।
कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ४२ करोड अमेरिकी डलर रहेको छ।
संघीय सरकारको खर्च रु.२२ अर्ब २६ करोड र राजस्व परिचालन रु.७९ अर्ब ७२ करोड रहेकोछ।
विस्तृत मुद्राप्रदाय १.९ प्रतिशतले घटेकोछ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.० प्रतिशतले घटेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०।०५ प्रतिशतलेघटेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ११.८ प्रतिशत रहेकोछ।
उपभोक्ता मुद्रास्फीति

नेपाल राष्ट्र बैंकको साउन महिनाको हिसाबकिताब अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो। साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७।११ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ। २०७९ साउन महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ। यही अवधी अर्थात सन् २०२२ अगष्ट महिनामा भारतको यस्तो मुद्रास्फीति ७.०० प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैकका अनुसार २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशस् १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०।२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैकका अनुसार २०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशस् १९।५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०।२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैकका अनुसार, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशस् २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैकका अनुसार साउन महिनामा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशस् ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो।

विप्रेषण आप्रवाह

नेपाल राष्ट्र बैकका अनुसार साउन महिनामा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२।५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।

नेपाल राष्ट्र बैकका अनुसार साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनस् श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेकोथियो।

नेपाल राष्ट्र बैकका अनुसार साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनस् श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेकोथियो।

नेपाल राष्ट्र बैकका अनुसार साउन महिनामा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई रु.१०१ अर्ब ६९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो।

वैदेशिक व्यापार

आर्थिक वर्ष २०७/८० को पहिलो महिनामा कुल वस्तु निर्यात २८.७ प्रतिशतले कमी आई रु.१४ अर्ब ८१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.९ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशस् ३६.५ प्रतिशत र २४.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ५.७ प्रतिशतले वद्धि भएको छ। वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई रु.१३१ अर्ब २९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.७ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशस् १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एम।एस।विलेट, दूरसंचार उपकरण तथा पार्टस्, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ। नर्याततर्पm कृष्णनगर, कैलाली, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ। आयाततर्पm तातोपानी, जलेश्वर, सुख्खा बन्दरगाह, कैलाली, रसुवा बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ।

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले कमी आई रु.११६ अर्ब ४८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १.३ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१३ अर्ब ३७ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षकोसोही अवधिमा यस्तो आयात रु.१८ अर्ब ८६ करोड बराबरको भएको थियो।

कुल विदेशी विनिमय सञ्चिति

२०७९ असार मसान्तमा रु।१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा रु.११९७ अर्ब ८५ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ।

२०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आई २०७९ साउन मसान्तमा रु.११९७ अर्ब ८५ करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई रु.१०४९ अर्ब ११ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई रु.१४८ अर्ब ७४ करोड कायम भएको छ। २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ।

श्रोत : स्वतन्त्र समाचार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय