सिन्धुपाल्चोक । मौलिक, सामाजिक तथा सांस्कृतिक महत्व बोकेको पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा प्रवर्धन गर्न खोजिएकोमा काठमाडौ महानगरपालिकालाई मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले धन्यवाद ब्यक्त गर्नुभएको छ ।

”भगिनी सम्बन्ध आर्थिक लेनदेनभन्दा माथिको हुन्छ। यसपटकको कार्यक्रमबाट भगिनी सम्बन्ध भएका सहरसँगै सिमाना जोडिएका छिमेकी नगरसँगको सम्बन्ध पनि थप प्रगाढ भएको छ। पर्वका बारेमा सुनेका थियौँ। नजिकबाट हेर्न पाइएको थिएन । व्यवस्थित रुपमा पर्वको अवलोकन गर्न पाइयो। पर्व वास्तवमै अलौकिक रहेछ ” अनुभव सुनाउँदै मेलम्ची नगरकी उपप्रमुख उमा प्रधानले भन्नुभयो । ” अझ सांस्कृतिक रुपमा विशाल एवम् अब्बल र समुन्नत नगरपालिका बनाउन एक आपसमा सहकार्य र गहिरो आत्मीयताको अपेक्षा रहेकोछ ” । उहाँले भन्नुभयो ।

कार्यक्रममा निमन्त्रणाका लागि स्वदेश तथा विदेशबाट इन्द्रजात्रा अवलोकन गर्न आमन्त्रण गरिएका पाहुनालाई आइतवार साँझ काठमाडौँ महानगरपालिकाले एक कार्यक्रमका बीच विदाई गरेको थियो । साथै ४ दिनसम्म पद यात्रामा साथ दिनुहुने काठमाडौ महानगर प्रमुख , उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृतज्यूलगायत वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, पत्रकार तथा व्यवस्थापन समिति प्रति उच्च सम्मान समेत ब्यक्त गर्नुभएको छ ।

गत भाद्र २४ गते इन्द्रजात्राको अवसरमा काठमाडौ महानगरपालिकाले आफ्नो भगिनी सम्बन्ध रहेका र स्वदेश तथा विदेशबाट विशिष्ट अतिथिहरुलाई निमन्त्रणा गरेको थियो । इन्द्रजात्राको अवसरमा ४ दिन सम्म पद यात्रामा काठमाडौंको ऐतिहासिक क्षेत्र एवम् विश्व सम्पदा सुचिमा सुचिकृत बसन्तपुर, स्वयम्भू, हाँडीगाउँ, भक्तपुरको दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायर, र कीर्तिपुरको पुरातात्त्विक सम्पदाको मठमन्दिर, जात्रा, संस्कार, संस्कृतिको पद यात्राबाट अवलोकन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय