सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची ७ दुवाचौरमा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

योङ स्टार युवा क्लब  मेलम्ची ७ को  आयोजनामा हुने उक्त प्रतियोगिता यही असोज १३ देखि असोज  १५  गतेसम्म दुवाचौर खेल मैदानमा हुने भएको हाे ।

प्रतियोगितामा प्रथम हुनेले नगद  ७० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय  ,तृतीय र सान्त्वना हुनेले क्रमशः ४०  हजार ,  २० हजार र १० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर ३  हजार लाग्ने संयोजक जय बहादुर तामाङले  जानकारी दिनुभयो ।

देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरू धेरै रहेकाले युवा खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको संयोजक  तामाङले बताउनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय