सिन्धुपाल्चोक । नेकपा ( एमाले) पाँचपोखरी थाङपाल गाउँपालिका कमिटिको आयोजना ८ वटै वडामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । हिजो वडा ७ को भोटेनम्लाङ र वडा नम्बर ८ को लांगर्चेमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका थिए ।

गत भाद्र २२ गते वडा नम्बर १ बांसखर्कमा प्रदेश कमिटी सदस्य टासी लामाको प्रमुख आतिथ्यतामा, भाद्र गत भाद्र ३ गते वडा नम्बर २ बरुवामा बागमति प्रदेश कमिटि सचिबालय सदस्य हस्त पण्डितको प्रमुख आतिथ्यतामा,वडा नम्बर ३ भोताङमा जिल्ला कमिटि सदस्य पासाङ लामाको प्रमुख आतिथ्यतामा,वडा नम्वर ४ थाङपालकोटमा जिल्ला कमिटि सचिबालय सदस्य निर्मल बन्जाराको प्रमुख आतिथ्यतामा ,वडा नन्बर ५ गुन्सामा पालिका कमिटि अध्यक्ष दोर्जे लामाको प्रमुख आतिथ्यतामा,वडा नम्बर ६ थाङपाल धापमा प्रदेश कमिटि सदस्य मित्रलाल चौलागाईंको प्रमुख आतिथ्यतामा ,वडा नम्बर ७ भोटेनाम्लाङमा प्रदेश कमिटि सदस्य टासी लामाको प्रमुख आतिथ्यतामा र वडा नम्बर ८ लांगर्चेमा प्रदेश कमिटि शिशिर वाईबाको प्रमुख आतिथ्यतामा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको पालिका कमिटि ईन्चार्ज निर्मल बन्जाराले जानकारी गराउनुभयो ।

त्यसैगरि ,महिला,युबा,किसान र बिद्यार्थी भेलाहरु समेत सम्पन्न भएको र अब पालिका स्तरीय भेला तथा चुनाब लक्षित बिभिन्न कार्यक्रम आयोजना गरिने एमाले पालिका कमिटि सदस्य दोर्जे लामाले जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय