काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने माग राख्दै अनेरास्ववियुले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले नागरिकता विधेयक खारेज गर, नागरिकता बेच्न पाइँदैन, दलालहरू होसियारलगायतका नाराबाजी गरेका थिए ।

गठबन्धन सरकारले अहिले ल्याएको नागरिकता विधेयकले विदेशीहरूलाई नागरिकता दिने बाटो खुला हुने भन्दै उक्त विधेयक खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाइ छ ।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले आज बिहान नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै ढुंगामुडा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय