सिन्धुपाल्चोक । नेकपा एमाले इन्द्रावती गाउँ कमिटीले तीन महिने अभियान घोषणा गरेको छ । आम निर्वाचन नजिकिएसँगै पालिका कमिटीले चुनावमा सकारात्मक परिणाम ल्याउन तीन महिने अभियान घोषणा गरेको हो । 

शनिवार सिपापोखरेमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमबाट पालिका कमिटीले असोज महिनाभर पार्टी प्रवेश गराउने र जनसङ्गठन परिचालन गर्ने भएको छ । कार्तिक महिना निर्वाचन प्रचार प्रसारको उत्कर्षको महिना रहेकाले चुनावी प्रचार प्रसारलाई अगाडी बढाउने भएको छ । त्यस्तै मङ्सिर महिनालाई विजय उत्सवको महिनाको रूपमा मनाउने इन्द्रावती गाउँ कमिटीका अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो । 

चाडपर्वका अवसरमा सबै वडा कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने, असोज ७ भित्र प्रत्येक वडामा प्रशिक्षण सम्पन्न गर्ने अध्यक्ष आचार्यले बताउनुभयो । 

पार्टी एकता अभियानमार्फत विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका इन्द्रावतीका नेताहरूलाई पालिका कमिटीमा व्यवस्थापन गरेको छ । त्यस्तै पालिका कमिटी अध्यक्ष शशिनाथ आचार्यको संयोजकत्वमा ६०१ सदस्यीय निर्वाचन मूल परिचालन कमिटी घोषणा गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय