Site icon Subhatime

नेपाल उत्पिडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकको अध्यक्षमा टिका बहादुर वि.क

सिन्धुपाल्चोक । नेपाल उत्पिडित जातीय मुक्ति समाज सिन्धुपाल्चोकको अध्यक्षमा टिका बहादुर विस्वकर्मा चयन हुनुभएको छ । शनिवार मेलम्चीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले उहाँको अध्यक्षतामा ६१ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा उपाध्यक्षमा लक्ष्मी लामिघाते , तिख ब। नेपाली सचिवमा धन बहादुर वि। क, कोषाध्यक्ष झलक रोक्का , उपसचिव निशान परियार र राम बहादुर वि। क चयन हुनुभएको मुक्ति समाजका निबर्तमान अध्यक्ष राम बहादुर सुनारले जानकारी दिनुभयो ।कार्यक्रमको शनिबार नेकपा एमालेका स्थाई कमिटि सदस्य शेर बहादुर तामाङले उद्घाट गर्नुभएको थियो ।

कार्यक्रममा एमाले नेताहरु केन्द्रिय सदस्य, दावा लामा, अनुशासन आयोगका केन्द्रिय सदस्य डम्बर अर्याल, प्रदेश कमिटि सचिवालय सदस्य हस्त पण्डित, सदस्यहरु बालकृष्ण देउजा,मित्रलाल चौलागाई,अशोक चौलागाई, कृष्ण गोपाल तामाङ डोल्मा तामाङ लगायतका एमालेका जिल्ला तथा प्रदेश तहका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version