सिन्धुपाल्चोक । नेकपा एमाले इन्द्रावती गाउँ कमिटीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा भेला तथा प्रशिक्षण कार्यक्रम सिपापोखरेमा शनिबार सम्पन्न गरेको हो ।

कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य दावा तामाङ,एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य डम्बर अर्याल, बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवं इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल,प्रदेश कमिटी सचिवालय सदस्य हस्त पन्डित,प्रदेश सचिवालय सदस्य विष्णुमणी आचार्यलगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि शेर बहादुर तामाङले निर्वाचनमा होमिन सबै कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा सकारात्मक परिणाम ल्याउन सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै दावा तामाङले कतै बिचलित नभई एक ढिक्का रहिरहन आग्रह गर्नुभयो । कार्यक्रमको अध्यक्षता एमाले इन्द्रावती गाउँ कमिटीका अध्यक्ष शशिनाथ आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय