सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले पालिका स्तरीय ‘डिजिटल हाजिरी जवाफ प्रतियोगिता’कार्यक्रम सम्पन्न गरेको छ ।

 बिहीबार नवलपुरमा शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा डिजिटल हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । 

१२ वटा माध्यमिक विद्यालय सहभागी भएको प्रतियोगितामा नवलपुर माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै कमलादेवी माध्यमिक विद्यालय द्वितीय भएको छ भने एसेलुखर्क माध्यमिक विद्यालय तृतीय भएको छ । 

कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा,वडाध्यक्ष शशिनाथ आचार्यले विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय