सिन्धुपाल्चोक । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । 

शनिवार मेलम्चीमा बसेको क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर २ ‘क’ का लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सिफारिस गरेको हो । 

प्रदेशसभा ‘क’ बाट विष्णुमणि आचार्य,शिवहरी सापकोटा,डालबहादुर सापकोटा,रामचन्द्र बस्नेत,राजन आचार्य,देवी दुलाल,राजु नेपाल,खिलबहादुर गिरी,डबले लामा,अमानसिंह तामाङलाई सिफारिस गरेको छ । 

त्यस्तै समानुपातिकतर्फ चन्द्र थिङ,,सुब्बा माझी,सरस्वती अधिकारी,रामबहादुर सुनार,मनकुमारी तामाङ ,खिलबहादुर श्रेष्ठ ,चन्द्र धिमालकोटीलाई सिफारिस गरेको छ । 

योसँगै सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर दुई ‘क‘ मा टिकटका लागि रस्साकस्सी सुरु भएको छ । नेताहरू आ-आफ्नो ठाउँबाट टिकटका लागि दौडधुप गरिरहेका छन् । क्षेत्रीय कमिटीले सिफारिस गरेको नाममा प्रदेश कमिटीले चाडैँनै टुङ्ग्याउने नेकपा एमालेका जिल्ला कमिटी सदस्य रामकुमार आचार्यले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय