सिन्धुपाल्चोक । लामो समयदेखि समाजसेवामा सक्रिय रहनुभएका बमबहादुर श्रेष्ठ (सगुन) नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर एकबाट समानुपातिकमा सिफारिस हुनुभएको छ । पार्टीको क्षेत्रीय कार्यसमिति बैठकले श्रेष्ठलाई समानुपातिकमा सिफारिस गरेको हो ।

लामो समयदेखि राजनीतिलाई समाजसेवामा बदल्दै असहाय पिडितहरुका घाउँमा मलम लगाउँदै आइरहनुभएका उहाँ याे पटक नेपाली काँग्रेस सिन्धुपाल्चाेकबाट प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट समानुपातिकमा पर्नुभएको हो । । उहाँ राजनीतिलाई समाजसेवामा बदल्नुपर्ने बताउनुहुन्छ । ‘‘नेताहरु राजनीतिलाई पेशाको रुपमा लिन्छन् र कमाऊ धन्दामा लाग्छन् । वास्तवमा राजनीति सेवा हो । तर,नेताहरुले कमाऊ धन्दामा लगाए’’,उहाँले भन्नुभयो ।

उहाँ सक्षम नेतत्व स्थापित भएमात्र देश विकास हुने बताउनुहुन्छ । ‘‘देश विकास हुन सक्षम नेता हुनुपर्छ । नेतामा नेतृत्व शत्ति हुनुपर्छ’’,उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय