सिन्धुपाल्चोक । विभिन्न पार्टी परित्याग गरी चौतारा साँगाचोकगढि नगरपालिका १४ डडुवा (नमुना बस्ति झ्याँडि) का ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेस,माओवादीलगायत पार्टी परित्याग गरी  ३५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन्।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङ,एमाले केन्द्रीय सदस्य शरेस नेपाल,एमाले केन्द्रीय सदस्य दावा लामा,एमाले अनुशासन आयोगका केन्द्रीय सदस्य डम्बर अर्याललगायत नेताहरूले नवप्रवेशीहरुलाई टिका र खादा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका १४ का नवनिर्वाचित वडाध्यक्ष उद्धव नेपाल ,जिल्ला सदस्य तथा वडा इन्चार्ज राजु नेपाल, शेर बहादुर श्रेष्ठलगायत नेताहरूको उपस्थित रहेको युवा नेता सरोज बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय