सिन्धुपाल्चोक । प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको आयोजना र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको समन्वयमा स्थानीय तहमा शान्ति निर्माण सम्बन्धि जनप्रतिनिधिहरूसँग अन्तर्क्रिया कार्यक्रम चौतारा आज सम्पन्न भएको छ ।

कार्यक्रममा प्राकृतिक श्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका क्षेत्रीय संयोजक रिता मानन्धरले संस्थाको गतिविधि र जिल्लाको मेलमिलापको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो  ।

कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले न्याय सम्पादन गर्ने अधिकार  प्राप्त हुनु सौभाग्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस संस्थासँग सहकार्य गरी दक्ष जनशक्ति उत्पादन गर्नमा आफू तत्पर रहेको बताउनुभयो । 

कार्यक्रममा जिल्लाका सबै नगर पालिकाको तर्फबाट आफ्नो भनाइ राख्दै मेलम्ची नगरपालिकाकी उप-प्रमुख उमा प्रधानले समन्वय समितिले यस विषयमा तालिम आयोजना गरी सबै पालिका नगरपालिकामा कार्यक्रम यथा शीघ्र लागू गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यस्तै पालिकाको तर्फबाट आफ्नो भनाइ राख्दै इन्द्रावती गाउँपालिकाका प्रमुख झम्क नेपालले संस्थामा कस्ता मान्छेलाई मेलमिलाप कर्तामा नियुक्ति गरेका छौँ भन्ने आधारमा संस्थाको विकास हुने बताउनुभयो । कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका १२ वटै पालिकाका प्रमुख उप-प्रमुख,प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय