भक्तपुर । मध्यपुर ठिमी नगरपालिका – ९ राधे राधे स्थित इजी वे ट्रायल सेन्टरका संचालक जोन भनिने निर्भय बाबू प्रसाई पक्राउ परेका छन् । धरान घर भई हाल काठमाडौंको थापागाउँमा अपार्टमेन्टमा बस्दै आएका प्रसाईलाई प्रहरीले चेकबाउन्सको मुद्दामा पक्राउ गरेको हो ।

प्रहरीले जोनलाई ४० लाखको चेक बाउन्सको मुद्दामा पक्राउ गरिएको बताइएको छ । प्रसाईमाथि विदेशमा बस्ने नेपालीहरुसँग दुईलाखसम्म लिएर लाईसेन्स बनाउने देखि मिटरब्याजमा सर्वसाधरणलाई ठग्ने गरेको समेत आरोप लाग्दै आएको छ । प्रसाइले विदेशमा बसेका नेपालीहरुलाई लाईसेन्स चाहिएको अवस्थामा यहिँबाट लाईसेन्स समेत बनाइदिने काम लामोसमयदेखि गर्दै आएका छन् ।

प्रहरीले पक्राउ गरेका जोनलाई अनुसन्धानका लागि म्याद थप गर्न आज दिउँसो अदालतमा उपस्थित गराउने तयारी गरेको छ । उता जोनले भने आफु बिरामी रहेको भन्दै अस्पतालमा बसेर अनुसन्धानको समय कटाउने योजना बनाइरहेको पीडितहरुको गुनासो छ ।

जोन मिटरब्याजीसमेत हुन् । उनले आम सर्वसाधरणलाई चर्को ब्याजमा पैसा लगाउने धन्दा गर्दै आइरहेका छन् । त्यसोत लाइसेन्स सेन्टरको नाउँमा जोनको कालोधन्दाको फेहरिस्त लामै छ । नेपाल सरकारबाट स्वीकृति प्राप्त गरि चलिरहेको इजी वे ट्रायल सेन्टरबाट सवारी चालक अनुमति पत्रको लागि नक्कली परीक्षार्थी प्रयोग हुने घटना पटक पटक भेटिने गरेका छन् । यी सबै धन्दामा यिनै जोनको हात रहने गरेको निकट स्रोतले बताउछ ।

जोनले विदेशमा बस्ने नेपालीलाई लाइसेन्स चाहिएमा बिना परीक्षा र ट्रायल बिना नै लाइसेन्स बनाइदिने गरेको उनीहरु बताउँछन् । उनले प्रति व्यक्ति दुईलाखसम्म लिने र विदेशमा बस्ने नेपालीलाई यहीबाट लाइसेन्स बनाइदिने र पठाउने काम जोन आफैले गर्ने गरेको उनीहरुले बताए । मान्छे विदेशमा हुन्छ, यहाँ जोनले लाइसेन्स बनाउछ र मोटो रकम खाएर पठाउनेकाम गर्छ स्रोतले भन्यो ।

त्यसोत जोनाथि नेपालमै रहेका तर परीक्षामा उत्रिण हुन नसक्नेहरुसँग समेत मोटो रकम लिएर लाइसेन्स बनाइदिने गरेको आरोप छ ।

यस्का लागि उनले नक्कली परीक्षार्थीलाई आफ्नो ट्रायल सेन्टर सेटिङ परीक्षा मिलाउने र मोटो रकम लिएर लाइसेन्स बनाउने धन्दा गरिरहेको उनी निकटको स्रोतले बतायो । यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले केहीसमय अघि मात्र पनि जोनको ट्रायल सेन्टरबाट पटक पटक नक्कली परीक्षार्थी पक्राउ गर्ने गरे पनि धेरैजसो मुद्दा त्यसै रफादफा भइरहेको बताइन्छ ।

ट्रायल सेन्टरका नाउँमा गैरकानुनी धन्दा गर्ने, मिटरब्याजमा संलग्न हुने जोनलाई प्रहरीले पटक पटक पक्राउ गर्ने प्रयास गरे पनि उपयुक्त आधार र प्रमाण भेटाउन सकेको थिएन । चेक बाउन्सको केसमा जोन पक्राउ पर्नुलाई भक्तपुर प्रहरीको ठुलो सफलताको रुपमा हेरिएको छ । यही मुद्दासँगै अब उनका सयौं गैरकानुनी कामहरु लहरो तान्ता पहरो गर्जने गरी आउने उनी निकट रहेका पीडितहरु बताउछन्  ।

इजी वेमा नक्कली परीक्षार्थीहरुको बिगबिगी

केहीसमयअघि दुई पांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा (ट्रायल) मा नक्कली परीक्षार्थी बनेर अर्काको नाममा परीक्षा दिने ईन्द्रावती गाउँपालिका–१० घर भएका २१ वर्षीय सुजन भट्टराई पक्राउ परेका थिए ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने भट्टराईलाई त्यतीखेर पक्राउ गरिएको थियो ।

उक्त ट्रायल सेन्टरबाट गत असारमा समेत कालीकोट गेला–४ का सरोज ढकालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल दिन आएका कालीकोटकै गेला–६ बस्ने २८ वर्षीय दीपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

इजी–वे ट्रायल सेन्टरबाट २०७६ पुष १७ गते दोलखा घर भई हाल लोकन्थली बस्ने १९ वर्षे सौरभ रिमालले आफ्नो दाजुको सट्टामा मोटरसाइकलको ट्रायल दिइरहेको अवस्थामा पक्राउ परेका थिए ।

त्यस्तै २०७६ फागुन ५ गते इजी वे ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भन्दै हिँड्ने सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई काठमाडौँको शंखमुलमा बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

यस सेन्टरमा नक्कली परीक्षार्थी प्रयोग हुने गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा एकैदिन २ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्ने नक्कली परीक्षार्थीहरुमा सिन्धुली पोखरी( ५ स्थायी घर भएका २० बर्षिय टिकाराम चौलागाईको मोटरसाईकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा जिल्ला तेह्रथुम ईवा(१ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने बर्ष ३० को धन कुमार ईङमान (लिम्बु) र भक्तपुर नगरपालिका- १० बस्ने बर्ष २० को सनिस श्रेष्ठको नाममा मोटरसाईकलको ट्रायल परीक्षा दिदै गरेको जिल्ला मोरङ लेटाङ गाउपालिका -८ घर भई हाल ललितपुर लुभु बस्ने बर्ष ३१ को अर्जुन राई रहेका थिए ।

विस २०७४ को असोजमा यातायात व्यवस्था कार्यालय भक्तपुरले भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरुपमा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालिसँग सम्झौता गरेको थियो। इजी वे ट्रायल सेन्टर प्रालिले सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको र साधन प्रयोग गर्न दिएबापतको रकम समेत नलिई निःशुल्क सेवा दिएको थियो ।

सेवाग्राहीले दोहोर शुल्क बुझाउनु परेको विषयमा उजुरी परेपछी अख्तियारले इजीवे ट्रायल सेन्टरले यातायात व्यवस्था कार्यालय कै अनुमतिमा सेवाग्रहीसँग ट्रायल दिएवापत् राज्यलाई बुझाउनुपर्ने दस्तुरबाहेक अन्य शुल्क लिएको विषयमा प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयलाई छानबिन गरी आवश्यक कारबाही गर्न लिखित निर्देशन दिएको थियो ।

प्रदेश मन्त्रालयको स्वीकृति र सहमित बिना नै यातायात कार्यालय जगाती र ठूलो भर्याङले ट्रायल सेन्टरलाई सःशुल्क बनाएको थियो ।यातायात व्यवस्था कार्यालय जगातीका तत्कालीन प्रमुख किरणराज ढकालले ट्रायल सेन्टरका सञ्चालक निर्भयबाबु प्रसाईसँगको साँठगाँठमा सेवाग्राहीसँग शुल्क उठाउनेगरी अनुमति दिएको खुलासा यसअघि नै भैसकेको छ।

यातायात व्यवस्था विभागका अनुसार लाइसेन्सको शुल्क लिइसकेपछि ट्रायलबापत अतिरिक्त शुल्क लिनु र त्यसका लागि स्वीकृति दिनु भ्रष्टाचार नै हो ।

त्यसो त इजी वे ट्रायल सेन्टरले कार्यालयले तोकेको मापदण्डविपरीत २०१५ भन्दा अघिको पूराना मोडलको कन्डिसनमा नभएको आफैले ट्रायल सिकाउनका लागि खरिद गरेको करिब छ÷सात वर्ष पूराना मोडलका सवारी साधन परीषार्थीलाई उपलब्ध गराउने गरेको
इजी वे ट्रायल सेन्टरले उपलब्ध गराएको स्पोट २०७४ को मापदण्ड अनुसार सञ्चालनमा नरहेको, ट्रायल सेन्टरले प्रयोग गरेको सम्पूर्ण जमिन जग्गा धनीसँग सम्झौता नभएको, बाटोको मापदण्ड नछाडेको , स्पोटको फिल्डभित्र राजकुलो रहेकोलगायतका विभिन्न मापदण्ड पालना नगरेको यातायात व्यवस्था कार्यालयका अधिकारीहरु बताउछन् ।

श्रोत : दैनिकहब

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय