सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नं.सातमा रहेको राजेश्वरी माध्यमिक विद्यालयको ६०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । 

इन्द्रावती गाउँपालिकाकै सबैभन्दा पुरानो विद्यालयको रूपमा चिनिँदै आएको राजेश्वरी माविको ६० औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । 

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै पालिका अध्यक्ष झम्क नेपालले आधुनिक एवं प्राविधिक शैक्षिक योजनालाई पालिकाले पहिलो प्राथमिकताका साथ राखेको बताउनुभयो । शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहलाई उहाँले शुभकामना दिनुहुँदै राजेश्वरी माविको शैक्षिक गुणस्तरलाई बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पालिकाको पुरानो विद्यालय रहेकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय