सिन्धुपाल्चोक ।  । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

१ नं प्रतिनिधि सभा क्षेत्रीय समन्वय समिति सिन्धुपाल्चोकको पूर्ण  बैठकले प्रतिनिधि सभा क्षेत्र नम्बर १ र प्रदेश सभाका दुवै क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेको हो । 

प्रतिनिधिसभा क्षेत्र नम्बर एकबाट प्रत्यक्षमा हालका सभामुख अग्नि प्रसाद सापकोटा,फूलम तामाङ,माधव सापकोटा सिफारिस हुनुभएको छ । 

त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट पुण्यप्रसाद  पराजुली,आदिवासी जनजातिबाट विष्णुकुमार श्रेष्ठ,आदिवासी जनजातिबाटै पूर्णबहादुर  तामाङ,दलित गणेश बिक अल्पसङ्ख्यक पार्वती थामी सिफारिस हुनुभएको छ । 

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ सरल सहयात्री सर्वसम्मत सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिकतर्फ खस आर्यबाट राजकुमार पौडेल आदिवासी जनजातिबाट लालकान्छा तामाङ,आदिवासी जनजातिबाट ज्ञानेन्द्रबहादुर गुरुङ,दलितबाट राजु खाती,आदिवासी जनजातिबाट आशा गुरुङ शेर्पा ,अल्पसङ्ख्यकबाट सुन्दर पहरी सिफारिस हुनुभएको छ । 

प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ अम्बिका नेपाल,चन्द्र सापकोटा ,टिएन सापकोटा,प्रताप सि तामाङ सिफारिस हुनुभएको छ । त्यस्तै समानुपातिक तर्फ खस आर्य अमृता नेपाल,आदिवासी जनजातिबाट गोकर्णदास श्रेष्ठ,आदिवासी जनजातिबाट पदम श्रेष्ठ,दलितबाट सागर परियार,दलितबाट सुभाष सुन्दाश,अपाङ्‌गबाट टिकाराम पराजुली सिफारिस हुनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय