काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकको कुनै पनि क्षेत्रबाट सिफारिस भएका छैनन् ।

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा नेपाली काँग्रेसका तर्फबाट २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य भएका मन्त्री लामा सिफारिसमा नपरेका हुन् ।

स्थानीय तहको निर्वाचनमा हेलम्बु गाउँपालिका अध्यक्षका उम्मेदवार निमा ग्यालजेन शेर्पा लगायतका काँग्रेसका उम्मेदवारहरूलाई असहयोग गरेको उनीमाथि आरोप छ ।

उनको नाम काँग्रेस जिल्ला कार्यसमितिले पनि सिफारिस नगरेको एक पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय