काठमाडौं खेलकुद समाजको आयोाजनमा काठमाडौ क्षेत्र नं ४ अन्र्तगतका १४० जना युवाहरुलाई नेतृत्व विकास सम्बन्धमा प्रशिक्षण प्रदान गरिएको छ । विभिन्न कलेजका उत्कृष्ट विद्यार्थीहरुको छनोट गरी प्रशिक्षण प्रदान गरिएको हो । नेतृत्व विकासका सन्र्दभमा अमेरिकाको हार्वडा केयनडी विद्यालयबाट प्रशिक्षण प्राप्त गरेको युथ काँग्रेसका संयोजक सचिन तिमल्सिना तथा समाजशास्त्री राजेन्द्र राउतले प्रशिक्षण प्रदान गरेका थिए । काठमाडौं खेलकुद समाजका अध्यक्ष तथा नेपाली काँग्रेस क्षेत्र नं ४ का सचिव दामोदर भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम मार्फत युवा विद्यार्थीहरुले नेतृत्व विकासको प्रशिक्षण मार्फत समाजको समस्या होइन समाधानको नेतृत्व गर्नुपर्ने सोचको विकास भएको बताएका थिए । कार्यक्रम प्रमुख अतिथिका रुपमा रहेका नेपाली काँग्रेसका महामन्त्री सांसद गगन कुमार थापाले आफ्नो उमेर अनुसारको योगदान दिन सक्नु महत्वपूर्ण भएको बताउदै नेतृत्व क्षमता विकास गर्नु भनेको समस्याको समाधानका बाहक बन्ने हो भन्दै आफुले नयाँ पुस्ताको भविष्यका लागि आफुले कार्य गरिरहेको बताउदै वर्तमान पुस्ता निकै अब्बल भएको उनले बताएका थिए । कार्यक्रममा उनले हार्वड र अक्सफोर्ड विद्यालयहरुमा आज पनि आफु अध्ययनका लागि उत्सुक रहने बताउदै पुस्तको ज्ञान संगै थप ज्ञान र सिपका लागि समुदया संगको सहकार्यमा जोडिन युवाहरुलाई आग्रह गर्दे उक्त अभियानमा आफु सदैव साथ रहने समेत बताएका थिए । कार्यक्रम नेपाली काँग्रेसका क्षेत्रीय सचिव प्रवेश लामिछाने, स्टारफोर्ड कलेजका नेपाल प्रतिनिधी किरणजंग कार्की, केयु सिटि कलेजका काउन्सुलर तथा युवा नेता माधव त्रिपाठी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय