मेलम्ची / रिटर्नी फेडेरेसन नेपाल बाग्मती प्रदेश कमिटिको आयोजनामा आज मेलम्चीमा सिन्धुपाल्चोक जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा २१ सदस्सीय कमिटि निमार्ण गरेको रिर्टनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संघिय सांसद शेरबहादुर तामाङले विदेशबाट फर्किएका युवाशक्तिलाई सहिठाउँमा परिचालन गर्नसक्नपर्ने बताउनुभयो । उहाँले युवाहरुको सिप,दक्षता र क्षमतालाई हेरेर ब्यबशायिक बन्न उहाँले सरकारले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व मन्त्री समेत रहेका तामाङले नेपालमै रोजगारिको थुप्रै सम्भावना हुँदाहुँदै पनि लगानी गर्ननसकेर लाखौं युवाहरु विदेशिनु परेको उल्लेख गर्दै अब सरकारले लगानीको वातावरण सिर्जना गरेर युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय