काठमाडौं । आफुलाई अन्डरवल्र्ड डनसँग सम्बन्ध रहेको भन्दै करोडौं रकम ठगी गरिरहेको आरोप लागेका रिजवान अन्सारी यत्तिखेर काठमाडौंमा खुल्मम खुल्ला हिडिरहेका छन् ।

नेपाल प्रहरीले विभिन्न व्यक्तिको गरी १८ करोडौंभन्दा बढी ठगी गरेको आरोपमा एक वर्ष अघि नै पुर्जी काँटेका अलाम त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा फ्लाइट दुबईको विमानबाट उत्रिएका हुन् ।

नेपाल प्रहरीले एक वर्ष अघिदेखि खोजिरहेका आलम पक्राउ पर्ने आशंका गरिएपनि उनलाई कसैले केही गरेन । रिजवानमाथि दुबईमा भिसा सेन्टर खोल्ने सहयोग गर्ने भन्दै विभिन्न व्यक्तिसँग करोडौं ठगेको आरोप छ ।

रिजवानको ठगीका विषयमा पटक पटक नेपाल प्ररहीकोमा उजुरी परे पनि रिजवानले राजनीतिक दलका नेताहरुलाई प्रभावमा पारेर आफु उम्कने गरेको उनीहरु बताउँछन् । रिजवानले कहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रभावमा पारेर प्रहरीबाट उम्किने गरेका छन् भने कहिले आफु अन्डरबल्र्ड डन दाउद इम्राहिनको मान्छे भएको भन्दै उम्किने गरेको बताइन्छ ।

विभिन्न व्यक्तिसँग करोडौं ठगी गरीरहेका रिजवानलाई नेपाल प्रहरीले एक वर्ष अघि नै पक्राउ पुर्जी गरे पनिहालसम्म उनी पक्राउ पर्न सकेका छैनन । प्रहरीले रिजवानलाई पक्राउ गर्नुको साटो एक वर्ष अघि उनका वावु रमजान मियाँलाई पक्राउ गरी २२ दिनपछि छोडिदिएको थियो । नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरे पछि उनी दुबईबाट भारत हुँदै पटक पटक नेपाल छिर्ने गरपनि विमानस्थलबाट भने नेपाल आउने गरेका थिएनन् । खुल्ला सिमानाको फाइदा उठाउँदै भारतहुँदै नेपाल आउने गरेका रिजवान यस पटक विमानस्थलबाटै काठमाडौं भित्रुनुलाई गम्भीर आशंकाकोरुपाम हेरिएको छ । चुनावको मुखमा इलिगल पैसा नेपाल भित्र्याउने आश्वासन देखाई काठमाडौं अवतरण गरोके हुनसक्ने आशंका गरिएको छ ।

सुनसरी मधेली गाउँपालिका वडा नं। ८ का स्थायी बासिन्दाआलम दुबईका हाईप्रफाइल मान्छेसँग निकट बढाउने र त्यही सम्बन्ध देखाउँदै उनले करोंडौ रकम ठगीगर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय