सिन्धुपाल्चोक । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले पूर्णता पाएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकबाट जारी गरिएको सर्कुलरअनुसार सिन्धुपाल्चोक जिल्ला कमिटिले पुर्णता पाएको हो ।

पार्टी जिल्ला कमिटी इन्चार्ज शेर बहादुर तामाङ पार्टी जिल्ला कमिटी अध्यक्ष कमल नेपाल, युवा इन्चार्ज फुलमाया तामाङ , सह-इन्चार्ज सुजन श्रेष्ठ , पार्टी जिल्ला युवा इन्चार्ज चन्द्र गुरुङ र पार्टी पालिका कमिटीका अध्यक्षको विशेष सल्लाहमा विभिन्न राजनितिक कार्यहरुमा सक्रिय युवाहरुलाई राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकको बाह्रौँ महाधिवेशन आयोजक कमिटीमा जिम्मेवारी प्रदान गरीएको संयोजक राजन दुलालले जानकारी दिनुभयो ।

युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले आयोजक कमिटीको संयोजकमा राजन दुलाल र सह संयोजकमा फुलकाजी घिसिङलाई जिम्मेवारी दिएको छ। यस आयोजक कमिटीको बैठक २२ गते बिहान चौतारा पार्टी कार्यलयमा बसिने संयोजक दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय