सिन्धुपाल्चोक । जनप्रतिनिधिहरूबाट सबै वर्ग समुदायको प्रतिनिधित्व हुन्छ कि भन्ने आस जनतामा हुन्छ । त्यही विश्वास र आसमा जनताले पनि उम्मेदवारहरूलाई भोट दिएर जिताउँछन् । दलहरूका चुनावी एजेन्डाले पनि नातावाद,कृपावाद र परिवारवादमा नपर्ने सङ्कल्प प्रस्तुत गरेको हुन्छन् । तर,बाह्रबिसे नगरपालिका भने आफन्तहरूको भर्तिकेन्द्र बनेको छ । 

बाह्रबिसे नगरपालिकाकी उपमेयर मञ्जु तामाङले आफ्नै बुढोलाई स्वकीय सचिवमा नियुक्त गरेकी छिन् । नगरपालिकाभित्र अस्थायी र करारमा परिवार र नातागोतालाई नियुक्त गरी तलवभत्तामा फजुल खर्च गरिरहेको नगरपालिकाले उपमेयर तामाङको आफ्नै सहोदर दाइलाई भने ड्राइभर राखेको छ । आफन्त र नातेदारहरूलाई तलब भत्ता पोस्न विभिन्न शीर्षकहरूमा नगरपालिका आफन्त र कार्यकर्ताले भरिभराउ छ । नातावादको फरिया समाएर नगरपालिकाले तलब भत्ता पोस्ने काम गरिरहेको छ ।  

नेपाली काङ्ग्रेसबाट उपमेयरमा निर्वाचित तामाङले नगरपालिकालाई आफन्तहरूको भर्तिकेन्द्र बनाएकी छिन् । आफ्ना नजिकका नातेदार र कार्यकर्ताका लागि छानि छानि करारमा नियुक्त गरिरहेको बाह्रबिसे नगरपालिकामा बेथितिको चाङ लाएको छ । अघिल्लो सरकारले नियुक्त गरेका कर्मचारी हटाएर आफन्त र कार्यकर्ताले गाउँपालिका भरिभराउ छ । 

यही विषयमा सोधखोज गर्न हामीले उपमेयरलाई सम्पर्क गर्न खोजेका थियौँ । तर,उहाँ सम्पर्कमा आउनुभएन । बाह्रबिसे नगरपालिकाका कर्मचारीको सूची हेर्दा स्पष्ट के हुन्छ भने यो नगरपालिका होइन भर्तिकेन्द्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय