काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल  नेकपा (एमाले) का १९ मध्ये तीन पदाधिकारीहरुले प्रत्यक्ष चुनाव नलड्ने भएका छन् । 

प्रधानमन्त्रीको उम्मेदवारमा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तोकेर निर्वाचनको तयारीमा लागे पनि पार्टीका उपाध्यक्ष रामबहादुर थापा (बादल), उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव विष्णु रिमाल भने प्रत्यक्ष चुनाव नलड्ने भएका छन् । 

यसअघि प्रत्यक्ष चुनाव नलडेकै कारण उपाध्यक्ष ज्ञवाली र उपमहासचिव रिमालको अन्य नेताको जस्तो निश्चित निर्वाचन क्षेत्र छैन । त्यस्तै पार्टीका उपाध्यक्ष थापा माओवादीमा हुँदा निर्वाचन क्षेत्र भए पनि राष्ट्रियसभामा चुनाव लड्दा हारेका थिए । 

उपाध्यक्ष ज्ञवालीको जोड समानुपातिकमा छ । समानुपातिक भए सिट सुरक्षित हुने उनको बुझाइ छ । ज्ञवालीको अहिलेसम्म कुनै विशेष खालको निर्वाचन क्षेत्र छैन् । उनी बढीजसो पार्टीकै काममा रमाउने नेताको सूचीमा पर्छन ।

उपमहासचिव रिमाले अहिलेसम्म प्रत्यक्ष चुनाव लडेकै छैनन् । पार्टी नेतृत्वको तर्फबाट निर्वाचनको मुख्य कमाण्ड सम्हाल्ने जिम्मा लिएकै कारण प्रत्यक्ष चुनावमा नलड्ने कुरा प्रष्ट छ । रिमाल केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिव पदमा छन् । प्रत्यक्ष चुनाव लड्ने हुँदा रिमाल पनि समानुपातिकमै बस्ने सम्भावना छ ।

अन्य १६ जना पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली झापाबाट चुनाव लड्ने छन भने, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौँबाट चुनाव लड्नेछन । त्यस्तै अन्य उपाध्यक्षहरू विष्णु पौडेल रूपन्देहीबाट,  सुवासचन्द्र नेम्बाङ इलामबाट र सुरेन्द्र पाण्डे चितवनबाट  चुनाव लड्नेछन । त्यस्तै महासचिव शंकर पोखरेल दाङबाट चुनाव लड्नेछन ।

उपमहासचिवद्धय प्रदीप ज्ञवाली गुल्मीबाट र पृथ्वीसुब्बा गुरूङ लमजुङबाट चुनाव लड्नेछन । त्यस्तै सचिवहरूमा गोकर्ण विष्ट गुल्मीबाट, योगेश भट्टराई ताप्लेजुङबाट, टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, लेखराज भट्ट कैलालीबाट, छविलाल विश्वकर्मा रूपन्देहीबाट, पद्मा अर्याल स्याङ्जाबाट र रघुबीर महासेठ धनुषाबाट चुनाव लड्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय